गृहपृष्ठमा फर्कनुहोस्
श्रेणी अनुसार गजलहरू
2 वटा गजल भेटिए
समाज

आफ्ना भन्नेहरूले...

दिएनन् आफ्ना भन्नेहरूले पनि हात दिएनन् ज्यानै दिन्छु भन्दैले झन साथ दिएनन् ।। बरू दुश्मनहरूले लाैराे दिए उठाउन हात नदिए नि अरे! आफ्ना भन्नेहरूले झन झारपात दिएनन् ।। दिए बरू पराइले पनि खान दिए, रहनलाई घर दिए त्यही आफ्नाहरूले बस्नलाई बास एक रात दिएनन् ।। म दु:खमा शोक भोगले एक्लै छटपटाइ रहँदा बरू जहर दिए, मर भने आफ्नाले आट दिएनन् । लाश जलाउन नि बरू पराइले दाउरा दिए सहयोग गरे हेर्नुस् त! त्यही आफ्ना भन्नेहरूले फेरि घात दिएनन्।।
Sahayattri
Sahayattri
गजलकार
समाज

शहर झरे पछि उनी...

छाेटा लुगा लाउने भइछिन शहर झरेपछि उनी र्‍याप, पप गाउने भइछिन शहर झरे पछि उनी।। गाउँमा हुदा काेहीसँग बाेल्दा पनि लजाउथिन बार, डिस्काे धाउने भइछिन शहर झरेपछि उनी।। शिलमा शिरफूल सजाउन त अड मान्ने मान्छे अर्कै दिलमा सजाउने भइछिन शहर झरेपछि उनी।। तिमी मेराे सबै थाेक हाे, तिमी विना मर्छु भन्थिन पराइसँगै रमाउने भइछिन शहर झरे पछि उनी ।। बढाइ छ त भन्नै पर्ला, कुनै दिन त आफ्नै थिइन यत्रो इज्जत पाउने भइछिन शहर झरे पछि उनी ।।
Sahayattri
Sahayattri
गजलकार