प्रेम
त्यसो नभन्न न...
होइन धोका कसम खान्छु त्यसो नभन्न न
तिमी जे भन्छौ म त्यहीं मान्छु त्यसो नभन न ।।
तिम्रो नि घर छ, बा-आमा छन् म भन्दा असल पाउँछौ
त्यतिकै संसार छोडेर जान्छु त्यसो नभन न ।।
तिमीलाई छोड्नू रहर भन्दा नि बाध्यता भयो, के गरूँ
तिमी त मलाई बुझ्छौ नि कान्छु त्यसो नभन्न न ।।
तिमीसँग गए, म बा को मुख सम्म देख्न पाउँदिन
म भगाएरै तिमीलाई लान्छु त्यसो नभन न ।।
समाज
आफ्ना भन्नेहरूले...
दिएनन् आफ्ना भन्नेहरूले पनि हात दिएनन्
ज्यानै दिन्छु भन्दैले झन साथ दिएनन् ।।
बरू दुश्मनहरूले लाैराे दिए उठाउन हात नदिए नि
अरे! आफ्ना भन्नेहरूले झन झारपात दिएनन् ।।
दिए बरू पराइले पनि खान दिए, रहनलाई घर दिए
त्यही आफ्नाहरूले बस्नलाई बास एक रात दिएनन् ।।
म दु:खमा शोक भोगले एक्लै छटपटाइ रहँदा
बरू जहर दिए, मर भने आफ्नाले आट दिएनन् ।
लाश जलाउन नि बरू पराइले दाउरा दिए सहयोग गरे
हेर्नुस् त! त्यही आफ्ना भन्नेहरूले फेरि घात दिएनन्।।
वियोग
यदि म मरे भने...
म मरे भने अलिकति बाँकी भाकाे सास निकालिएला
बिचरा! भन्दै शरिर छोप्न कपास निकालिएला ।।
मेरो आफन्त जतिले रुँदै श्रद्धाञ्जली दिँदै गर्दा
लैजानलाई घाटसम्म हरिया बाँस निकालिएला ।।
तिम्रै घर छेउको आँगनबाट तिमीले हेर्दा हेर्दै
छोपेर शरीर कफनले मेरो लाश निकालिएला ।।
मेरो शव जलाउन तम तयार पारि राखिएका
दाउरै-दाउराले सजिएको रास निकालिएला ।।
घाटमा अन्तिम संस्कार गर्दागर्दै मेरो बाबाले
मेराे सहारा भन्दै हुर्काएको आश निकालिएला।।
मैले नखाएसम्म नखाने मेरी बहिनिले
बुनेर राखेका सपनाहरूको साहस निकालिएला ।।
आफुले नखाई मलाई खुवाउने मेरी आमाको
मुखमै राखि सकिएको गाँस निकालिएला ।।
अन्य
मेसेन्जरमा हाइ भन्छिन्..
माया गरे जस्तै गर्छिन्, मेसेन्जरमा हाइ भन्छिन्
त्यही देखेर फोन गर्छु, राखे अहिले वाइ भन्छिन ।।
नजिक भए झै जस्तो लाग्छ, त्यही देखेर
बिहे गरूम न अब भन्छु, हुन्न हुन्न नाइ भन्छिन् ।।
एक्लै हुँदा के हुन, के हुन सुन्नै नसकिने
देख्दा, सुन्दा अरूले क्या मज्जाले दाइ भन्छन् ।।
कसम खान्छु, भेटे जति दिदीबहिनी भन्छु भनी
नत्र भने भेटेपछि जानेछु म तिमीलाई भन्छिन् ।।
के भन्ने भन्ने खाेई साह्रै दोधार भयो मलाई
मेरि भू.पू. प्रेमिकाले धेरै धेरै बधाई भन्छिन् ।।
अन्य
परदेशी...
नगरि चिन्ता, नमानी हार काम चलाउनु है
आकाश छोएको होला बजार काम चलाउनु है ।।
धेरै साच्नु पर्दैन भो, हाम्रो पनि दिन आउँछ
पठाइदिउँला दुई चार हजार काम चलाउनु है ।।
घर व्यवहार धान्न एक्लै मुस्किल भाकाे होला सानू
जसोतसो लगाउँदै पार काम चलाउनु है ।।
एक्लै छौ, गिद्धे नजर लगाउलान् नि कोही कसैले
सोची सम्झी हजारौँ बार काम चलाउनु है ।।
दुई चार पैसा जोड्याैे भने भविष्यमा खुशी मिल्ला
केही वर्ष न हाे, नगरी हतार काम चलाउनु है ।।
समाज
शहर झरे पछि उनी...
छाेटा लुगा लाउने भइछिन शहर झरेपछि उनी
र्याप, पप गाउने भइछिन शहर झरे पछि उनी।।
गाउँमा हुदा काेहीसँग बाेल्दा पनि लजाउथिन
बार, डिस्काे धाउने भइछिन शहर झरेपछि उनी।।
शिलमा शिरफूल सजाउन त अड मान्ने मान्छे
अर्कै दिलमा सजाउने भइछिन शहर झरेपछि उनी।।
तिमी मेराे सबै थाेक हाे, तिमी विना मर्छु भन्थिन
पराइसँगै रमाउने भइछिन शहर झरे पछि उनी ।।
बढाइ छ त भन्नै पर्ला, कुनै दिन त आफ्नै थिइन
यत्रो इज्जत पाउने भइछिन शहर झरे पछि उनी ।।
वियोग
कोही चाहिँदैन भन्छ ❤️
चल्ने हो यसरी दिन कति कोही चाहिँदैन भन्छ
कुन्नि किन बिग्रेछ मति कोही चाहिँदैन भन्छ ।।
बा-आमाले उसकै लागि सारा जिन्दगी बिताइदिए
ऊभने, लिएर आज श्रीमती कोही चाहिँदैन भन्छ ।।
बा ले उसकै पढाईकै लागि घर खेत बन्दकी राखे
ऊभने, बा अनि सम्पत्ति कोही चाहिँदैन भन्छ ।।
मैले उसको भलाइ कै लागि भनेको मात्र हु फेरि
ऊभने, राम्रै कुरामा थाप्छ खति कोही चाहिँदैन भन्छ।।
आज ऊ अलिकति अगाडि गएको अरू भन्दा
सोच्दा हो, यसरी नै चल्छ गति कोही चाहिँदैन भन्छ ।।