गजल
समाज प्रकाशित

शहर झरे पछि उनी...

Sahayattri
Sahayattri
sahayattri Sep 26, 2026 3
छाेटा लुगा लाउने भइछिन शहर झरेपछि उनी र्‍याप, पप गाउने भइछिन शहर झरे पछि उनी।। गाउँमा हुदा काेहीसँग बाेल्दा पनि लजाउथिन बार, डिस्काे धाउने भइछिन शहर झरेपछि उनी।। शिलमा शिरफूल सजाउन त अड मान्ने मान्छे अर्कै दिलमा सजाउने भइछिन शहर झरेपछि उनी।। तिमी मेराे सबै थाेक हाे, तिमी विना मर्छु भन्थिन पराइसँगै रमाउने भइछिन शहर झरे पछि उनी ।। बढाइ छ त भन्नै पर्ला, कुनै दिन त आफ्नै थिइन यत्रो इज्जत पाउने भइछिन शहर झरे पछि उनी ।।
Sahayattri

Sahayattri

नेपाली साहित्य र गजलप्रतिको सिर्जनात्मक यात्रा।